काठमाडौं, पुस ८ । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ९ सयले गिरावट आएको छ। मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ९ सय रहेको थियो। भने आज तोलामा ९ सयले कमि आइ प्रतितोला सुन ९४ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको छ। बुधवार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले गिरावट आएको छ। मंगलवार प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो। त्यस्तै आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १२ सय ६५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























