काठमाडौं, पुस ८ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा पेसी चढेको छ। आइतवार हठात रुपमा गरिएको संसद विघटनविरुद्ध परेका रिट निवेदनहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाविरुद्ध परेका १३ वटा रिट मध्ये १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको हो।
अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रवार पेश हुने छ। नेकपामा आन्तरिक विवाद बढेपछि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘मनोमानी’ रुपमा संसद विघटन गरेपछि सांसद र कानुन व्यवसायीहरुले रिट दर्ता गरेका हुन्।
Facebook Comments


























