चितवन, पुस ६ । संसद् विघटनको बिरोधमा समाजवादी विद्यार्थी युनियन चितवनले नारायणगढको बालकुमारी क्याम्पसमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।
विद्यार्थी युनियनको बालकुमारी क्याम्पस इकाइले क्याम्पस गेट अगाडी राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको हो। दुई तिहाई बहुमतको नजिक रहेको सरकारले असंवैधानिक काम गरेको भन्दै विरोध स्वरुप पुत्ला जलाएको विद्यार्थी युनियन बालकुमारी इकाइका अध्यक्ष दिपेश न्यौपानेले जानकारी दिए।
कार्यक्रममा विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशी लगाएत विद्यार्थी नेताहरु सहभागी थिए।

Facebook Comments


























