काठमाडौँ ५ पुस । संसद् विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन्। आइतबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्बाट प्रतिनिधि सभाको विघटनको सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त सिफारिस स्वीकृत भएकाे थियाे। त्यसपछि सामाजिक सञ्जालसँगै मुलुकका विभिन्न स्थानमा आन्दोलन र विरोध सुरु भइसकेको छ।
Facebook Comments


























