स्याङ्जा, पुस ५ । कोदालो प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। कोदालो प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा हरिनास गाउँपालिका–५ आईडाँडाका रेशम रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
रानाले सोही ठाउँ बस्ने १४ वर्षीय शेर बहादुर थापालाई कोदालोले टाउकोमा हिर्काउँदा घटनास्थलमै मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments


























