काठमाडौँ, पुस आज पनि काठमाडौँका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बालाजु सबस्टेशनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकोले यस सबस्टेशनबाट वितरित क्षेत्रमा आज पनि विद्युत कटौती हुने जानकारी दिएको हो।
आज मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म बालाजु औद्योगिक क्षेत्र १, बालाजु औद्योगिक क्षेत्र २, ढुंगेधारा, महाराजगञ्ज, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने प्राधिकरणले जनाएको छ।
Facebook Comments


























