काठमाडौं, पुस १ । सिभिल बैंकले आज (बुधबार) बाट लागु हुनेगरी कर्जा र निक्षेपको नयाँ ब्याजदर घोषणा गरेको छ। बुधबार एक सुचना जारी गर्दै बैंकले नयाँ ब्याजदर घोषणा गरेको छ।
नयाँ ब्याजदर अनुसार बैँकले बिभिन्न बचत खातहरुर्मा ३ देखि ५ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले घोषणा गरेको नयाँ ब्याजदरमा मेरो बचत खाता, अनलाइन बचत, हाम्रो बचत र नारी बचत खातामा ३ प्रतिशत ब्याजदर रहेको छ भने प्रिमियम बचत खातामा ५ प्रतिशत ब्याजदर तय गरेको छ।
यसबाहेक व्यक्तिगत मुद्दति खातामा ७ देखि ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। व्यक्तिगत मुद्दति खातामा तीन देखि १ वर्षका लागि ७ प्रतिशत, १ वर्ष देखि २ वर्षका लागि ८ प्रतिशत, २ देखि ३ वर्षका लागि ८.५० प्रतिशत, ३ वर्ष माथिको लागि ९ प्रतिशत र वार्षिक जम्माको लागि ८.५० प्रतिशत ब्याजदर निर्धारित गरेको छ।
यस्तै संस्थागत मुद्दति खातामा ५.१० देखि ६.६० प्रतिशत ब्याजदर तोकेके छ। संस्थागत मुद्दति खाता अन्तरगत छ महिनासम्मका लागि ५.१० प्रतिशत , ६ देखि १२ महिनाका लागि ६.१० प्रतिशत, १२ देखि १८ महिनाका लागि ६.२५ प्रतिशत र १८ महिना माथिका लागि ६.६० प्रतिशत ब्याजदर घोषणा गरेको छ।
यस्तै बैंकले कर्जातर्फ आधारदर (८.९४) मा न्युनतम ०.५० देखि अधिकतम ५.१६ प्रतिशत सम्म प्रिमियम जाडेर ब्याजदर निर्धारण गरेको छ। त्यसमा घर कर्जातर्फ ०.५० देखि २ प्रतिशतसम्म प्रिमियम जोडेर घर कर्जा निर्धारण गरेको छ। यस्तै ९.४४ देखि ११.४४ प्रतिशतसम्म घर कर्जा निकाल्न सकिने छ। कर्जाको प्रकर र अवधिअनुसार ब्याजदर पनि फरक फरक हुने बैंकको भनाइ छ।


























