गोरखा, पुस १ । गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस भएको छ। दुर्घटनामा परि ११ जना घाईते भएका छन्। तिमध्ये ५ जनाको अवस्था भने गम्भिर रहेको छ। गम्भिर अवस्थामा धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वल पुडासैनी रहेका छन्।
काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए। बसमा सवार ३० यात्रुमध्ये १९ जना घर फर्किसकेका छन्।
गम्भिर घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको एसपी गुरुङले बताए। ६ जना घाईतेको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
Facebook Comments


























