मुम्बई, पुस १ । बलिउड अभिनेत्री जान्ह्वी कपूरको सुन्दरता र उनको सुन्दर तस्वीरको निकै चर्चा रहने गरेको छ। जान्ह्वी फ्यान माझ अभिनय, अभिभावकका अलावा आफ्नो सुन्दरताका कारणले पनि चर्चामा छिन्। यसैबीच उनको केही तस्वीर फेरी चर्चामा आएका छन्। जान्ह्वीको सामाजिक सञ्जालको पोष्टमा केही नयाँ तस्वीरहरु सार्वजनिक भएका छन्। जसमा उनी समुन्द्रको लहरको आनन्द लिदै गरेको देखिएको छ।
जान्ह्वीले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा समुन्द्र किनारमा रमाइलो गरेको तस्वीरहरु चर्चामा आएका हुन्। तस्वीरका साथमा उनले क्याप्सन लेखेकी छन्, ‘द बीच इज फन।’
अभिनेत्री जान्ह्वी हालैमा ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ मा देखा परेकि थिइन्। यस अलावा उनी चाडैँ ‘रूहीआफ्जा’, ‘तख्त’ र ‘दोस्ताना २’ जस्ता फिल्ममा देखा पर्नेछिन्।
Facebook Comments


























