तेह्रथुम, मंसिर २८ । तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ। तेह्रथुमको छथर गाउँपालिका-६ सुदापका एकै परिवारका ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बूसहित ८ वर्षीया सुहाना लिम्बूको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
तरकारी खेतीका लागि प्लाष्टिकको पोखरीमा जमाएर राखेको पानीमा डुबेर उनीहरूको मृत्यु भएको तेह्रथुम प्रहरी प्रवक्ता कोमल ठाकुरले जानकारी दिए।
Facebook Comments


























