राजविराज, मंसिर २७ । सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामास्थित एक घरमा शनिबार बिहान पार्किङ गरिराखिएको प्राइभेट पिकअप भ्यानमा आगजनी भएको छ।
उक्त वडा निवासी बेचन मुखियाको घरआङनमा पार्किङ गरिराखिएको स.१च.१७२५ नं.को भ्यानमा एकाबिहानै आगजनी भएको हो। आगजनीबाट गाडीको इन्जिनसहित अग्रभाग पुरै जलेर क्षतिग्रस्त हुँदा करिब १८ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
डिएसपी भुवनेश्वर साहका अनुसार आगजनी कसले गरेको हो भन्ने कुराको अहिलेसम्म यकिन हुन सकेको छैन। सवारीधनी मुखियाले बिहान ४ बजेतिर नचिनेका केही मानिसले खर, पराल र पेट्रोल लिएर आई गाडीमा आगजनी गरि भागेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी साहले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सुक्ष्म रुपमा अनुसन्धान थालिएको जानकारी दिएका छन्।
Facebook Comments


























