वीरगञ्ज, मंसिर २७ । पर्सामा एक जना पुरुष मृत भेटिएका छन्। वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनार मृत फेला परेका हुन्। गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा सोनार गाउँकै कुलोमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
शव छेउमा रगत लागेको लठ्ठी पनि फेला परेकाले उनको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्। शव पोष्टमार्टमका लागि नारायण अस्पताल पठाइएको र रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाइने उनले बताइन्।
Facebook Comments


























