काठमाडौं, मंसिर २६ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। बिहीवार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको हो। यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ।
यस्तै शुक्रवार चाँदीको मूल्य पनि स्थिर रहेको छ। बिहीवार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको हो।
Facebook Comments


























