ओटावा, मंसिर २५ । कोरोना भाइरस विरुद्धको फाइजर खोपलाई क्यानडाले स्वीकृती दिएको छ। खोपको अनुमति दिने विषयमा अनुसन्धान गरेपछि क्यानडा सरकारले यहाँका १६ वर्षभन्दा माथिका आफ्ना नागरिकलाई खोप लगाउन अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अर्को हप्तादेखि क्यानाडामा सो खोप लगाइने छ। अर्को हप्तासम्ममा उक्त खोप क्यानाडामा आइपुग्ने क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रेडोले जानकारी दिएको जनाइएको छ। क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्नेछन्। एजेन्सी
Facebook Comments


























