काठमाडौं, मंसिर २३ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ५०० रूपैयाँले बढेको छ।
सोमबार छापावाल सुन तोलामा ९२ हजार ६०० रूपैयाँमा कारोबार भएकोमा आज ९४ हजार १०० रूपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६५० रूपैयाँ पुगेको छ। सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य आज ३० रूपैयाँले बढेको छ। चाँदीको मूल्य सोमबार एक हजार २०५ रूपैयाँ तोकिएकोमा आज १ हजार २३५ कायम गरिएको छ।
Facebook Comments


























