काठमाडौं, मंसिर २२ । बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल बिवाह गर्दै छन्। बिहेको मिति भने तय भइसककेको छैन। पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि सिंगल छन्।
आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै गजुरेलले नयाँ जीवन सुरु गर्न लागेको जनाएका छन्। यद्यपी उनले को संग बिवाह हुँदैछ भन्ने समेत सिमित ब्यक्तिबाहेक जानकारी दिएका छैनन्। उनी केही समय अघि कोरोना संक्रमणमुक्त भएका थिए। फरक-फरक पात्र र परिवेश समेटेर बौद्धिक हाँस्यब्यंग्य गर्ने गजुरेल विश्वभरका नेपालीमाझ उत्तिकै लोकप्रिय छन्।
Facebook Comments


























