काठमाडौँ, मंसिर २२ । शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई सरकारले कारबाही गर्ने भएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा सरकारी छाप दूरूपयोग गरेको ठहर गर्दै कारबाहीको पक्रिया अघि बढाइएको हो।
सरकारी अनुमतिबिना निसान छाप प्रयोग भएको कागजात सार्वजनिक गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही अघि बढाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ। प्रतिलिपि अधिकार उल्लङ्घन भएको हुँदा कानुन बमोजिम कारबाहीको लागि पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाएका छन्।
Facebook Comments


























