मंसिर २२ । टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले आर्सनलमाथि २–० को जित दर्ता गरेको हो। घरेलु मैदानमा भएको खेलमा सन हेङ्ग–मिन र ह्यारी केनले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको हो। १३ औँ मिनेटमा सन र पहिलो हाफको इन्जुरी समयमा केनले गोल गरेका हुन्।
जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ११ खेलबाट २४ अंक भएको छ। दोस्रो स्थानको लिभरपुलको पनि समान २४ अंक नै भए पनि गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा पुगेको हो। पराजित भएको आर्सनल १३ अंकसहित १५ औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























