चितवन, मंसिर २० । चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका ८ कि ३० बर्षिय महिलाको मृत्यु भएको हो। मंसिर १४ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएकी उनमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखेर उपचार गरिएको छ। उनको उपचारका क्रममा आज विहान साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
Facebook Comments


























