काठमाडौं, मंसिर १९ । उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिएको हो। सरकारले एक वर्ष नौँ महिनासम्म प्रतिवेदन सार्वजनिक नगरेपछि बाध्य भएर प्रतिवेदन सार्वजनिक गरिएको आयोगका सदस्य श्याम श्रेष्ठले बताए।
पूर्वीय दर्शन चिन्तनको मुल्य मान्यतालाई विद्यालयदेखि विश्वविद्यालयसम्म समेट्ने, १० कक्षा पुगिसकेका विद्यार्थीले व्यवसायिक वा सामान्य शिक्षा रोज्ने, नीजि विद्यालयलाई गैरनाफामूलक बनाउने जस्ता विषय प्रतिवेदनमा समेटिएको छ।
Facebook Comments


























