गोरखा, मंसिर १८ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा भुवन ढकाललाई प्रहरीले पक्राउ गरेको छ। सिरानचोक गाउँपालिका ८ धन्सारका ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको आरोपमा बुधवार साँझ उनका ४० वर्षीय छोरा भुवनलाई पक्राउ गरिएको हो।
सोही गाउँपालिकाको धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो। खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोलीले भुवनलाई पक्राउ गरेका थिए। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























