मंसिर १७ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ। प्रिमियर लिग क्लब युनाईटेडले फ्रेन्च क्लबसँग घरेलु मैदानमा खेल्नेछ। युनाईटेड र पीएसजीबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ।
घरेलु मैदानमा युनाईटेड पीएसजीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ। समूह एचको युनाईटेड ४ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।नकआउट चरणमा पुग्न युनाईटेडलाई एक अंकको आवश्यकता रहेको छ। युनाईटेडले यस अघिको भेटमा पीएसजीलाई २-१ ले हराएको थियो। पीएसजीलाई उसैको मैदानमा हराएको युनाईटेड उच्च मनोबलसहित मैदान उत्रने छ।
यता, पीएसजी पनि युनाईटेडलाई हराएर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। पीएसजी ४ खेलमा ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ। यस्तै पीएसजी अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिने योजनामा हुनेछ। यसै समूहको अर्को खेलमा आरबी लाइपजिगले इस्तानबुलसँग खेल्नेछ।
लाइपजिग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। इस्तानबुल ३ अंक जोडेर पुछारमा रहेको छ। एजेन्सी


























