काठमाडौं, मंसिर १५ । रेफ्री कुल बहादुर राना भलिबलको अन्तराष्ट्रिय रेफ्री भएका छन्। अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको हो।
एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउदै रानालाई अन्तराष्ट्रिय रेफ्री प्रदान गरिएको जनाएको छ। नोभेम्बरमा बसेको बोर्ड बैठकले राना अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ। रानाले सन् २०१४ मा जापानमा भएको एफआईभीबी अन्तराष्ट्रिय रेफ्री क्यान्डीडेट कोर्ष गरेका थिए।
Facebook Comments


























