मंसिर १५ । अमेरिका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले साबधानी नपाएकै कारण अमेरिकामा आउँदा दिनमा संक्रमण उच्च दरमा थप वृद्धि हुने चेतावनी दिएका छन्।
‘थ्याङ्ग्स गिभिङ्ग’को बिदाका लागि दशौँ लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव आउँदा हप्ताहरुमा देखिन थाल्ने उनको भनाइ छ।
यद्यपि अझै पनि सम्भावित संक्रमणलाई धेरै हदसम्म रोक्न वा कम गर्न सकिने सम्भावना भने रहेको उनले बताए।
‘मास्क लगाउने तथा भौतिक र सामाजिक दूरी कायम गर्ने हो भने धेरै हदसम्म सम्भावित संक्रमण रोक्न वा फैलिन नदिन सकिन्छ,’ डा.फाउचीले भने, ‘तर विडम्बना सबैले यस्तो गरेका छैनन।’ महामारीका कारण सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा एक करोड ३७ लाखभन्दा धेरैमा संक्रमण भएको छ। एजेन्सी
Facebook Comments


























