मंसिर १४ । डेभिड धवन निर्देशित कुली नं १ ट्रेलर सार्वजनिक गरिएको छ। एमजन प्राइम इन्डियाले सार्वजनिक गरेको ट्रेलरमा लाइक र डिसलाइक बटनलाई ‘हाइड’ गरिएको छ। अर्थात् यो ट्रेलरलाई कति जनाले लाइक वा डिसलाइक गरे सार्वजनिकरुपमा देख्न सकिने छैन।
सुशान्त सिंह राजपूतको मृत्युसँगै बलिउडमा ‘नेपोटिज्म इस्यु’मा चर्को बहस हुँदै आएको छ। जसका कारण बलिउडमा ‘नेमफेम’ भएका व्यक्तिहरुका छोराछोरी निर्देशित फिल्मको गीत वा ट्रेलरमा लाइकभन्दा डिसलाइक बढी आउने गर्छ।
यसअघि आलिया भट्ट अभिनित सडकको ट्रेलरले डिसलाइकमा रेकर्ड बनाएको थियो। बलिउड क्रिटिक्सहरुका अनुसार यही कारणले होला डेभिड धवनका छोरा बरुण धवन र सेफअलि खानकी छोरी सारा अलि खान अभिनित यो फिल्मको लाइक र डिसलाइक हाइड बनाइएको छ।
फिल्ममा परेस रावल, जोनी लिभर, राजपाल यादव, जावेद जाफेरीलगायतले अभिनय गरेका छन्। यो फिल्म सन् १९९५ को गोविन्दा र करिष्मा कपुर अभिनित कुली नं १ को रिमेक भर्सन हो। फिल्म अमेन प्राइमबाट क्रिसमसमा वर्ल्ड प्रिमियर हुँदैछ।


























