मंसिर १४ । हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरेको छ। त्यस्तै प्रकारको मुद्दा फेरि अदालत ल्याउन नपाउने गरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको हो। राज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ शनिबार राति यस्तो फैसला गरेका हुन्।
पेन्सिलभेनियामा युनिभर्सल मेल इन मतदान स्थापना गर्ने २०१९ मा ल्याइएको ऐन-७७ लाई चुनौती दिदै ट्रम्प अभियानले मुद्दा दायर गरेको थियो। यो ऐनलाई चुनौती दिने मुद्दा ऐन आएको एक वर्षपछिमात्र दायर गरिएको र चुनौती दिने कानुनी आधारहरु नभएको भन्दै न्यायाधीशहरुले फैसला गरेका हुन्। गत नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन राष्ट्रपति निर्वाचित भइसकेका छन्। तर, ट्रम्पले उनको जितलाई अझै स्वीकार गरेका छैनन्। एजेन्सी
Facebook Comments


























