मंसिर १३ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतलाई जरिवाना गरेको छ। अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा स्लो ओभर रेटको कारण आईसीसीले भारतलाई जरिवाना गरेको हो।
सिड्नीमा भएको पहिलो एकदिवसीयमा स्लो ओभर बलिङ गरेको भन्दै आईसीसीले भारतलाई म्याच फिको २० प्रतिशत जरिवाना गरेको हो। पहिलो खेलमा भारत अष्ट्रेलियासँग ६६ रनले पराजित भएको थियो। र, भारत ३ खेलको सिरिजमा १-० ले पछि परेको छ। भारत र अष्ट्रेलियाबीचको दोस्रो खेल आइतबार हुनेछ। यस्तै भारतका कप्तान विराट कोहलीले स्लो ओभर बलिङको आरोप स्वीकार गरेका छन्।
Facebook Comments


























