महोत्तरी, मंसिर १० । करेन्ट लागेर महोत्तरीमा एकजनाको मृत्यु भएको छ। भंगाहा नगरपालिका–९ पथलैया का ४१ वर्षीय रामनारायण साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार राति साह भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतको बाटो भएर हिड्दै थिए। सो स्थानमा विद्युतीय नांगोतारले छुँदा उनलाई करेन्ट लागेको हो। करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरी जनाएको छ।
Facebook Comments


























