काठमाडौं, मंसिर १० । बुधबार र बिहीबार (आज र भोली) देशभरका ५ बर्ष मुनिका बालबालिकालाई भिटामीन ‘ए’ खुवाइँदैछ। परिवार कल्याण महाशाखाका अनुसार भिटामिन ‘ए’सँगै जुकाको औषधि र बालभिटा खुवाउने कार्यक्रम छ।
६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्व बालभिटा खुवाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ।
२७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि दुई दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ। भिटामिन ‘ए’ कार्यक्रम देशभरका ५२ हजार स्वास्थ्य स्वयम्सेविका सक्रियतामा सम्पन्न हुनेछ।
Facebook Comments


























