काठमाडौं, मंसिर ८ । पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई दम्पती कोरोना संक्रमणबाट मुक्त भएका छन्। जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी हिसिला यमी कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन्।
नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘कोरोनासँग युद्धविराम गरियो, नेगेटिभ रिपोर्ट प्राप्त गरियो। सबैलाई धन्यवाद !’ ७ कात्तिकमा भट्टराई दम्पतीमा कोरोना पुष्टि भएको थियो। संक्रमणपछि उनीहरु होम आइसोलेसनमा बसेका थिए।
Facebook Comments

























