मंसिर ७ । नायक गौरव पहारीको अभिनय रहेको म्यूजिक भिडियो ‘गल्ती’ सार्वजनिक भएको छ। यो गीतमा स्वर, शब्द र संगीत अनुप गुरुङको छ। प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको यो गीतको म्यूजिक भिडियोमा गौरव पहारीको साथमा सैयरा लामालाई फिचरिङ गरिएको छ।
आरजे गुरुङको छायांकन रहेको भिडियोमा बालकुमार मगरको सम्पादन तथा निर्देशन छ। गायक अनुप गुरुङले हङकङमा रहेर संगीत यात्रालाई अगाडि बढाइरहेका छन्।
Facebook Comments


























