मंसिर ६ ।भारतको मध्यप्रदेशमा पनि आजबाट रातको समयमा कर्फ्यू लागु गरिएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मध्यप्रदेश सरकारले केही शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।
इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म हिडडुल गर्न पाइने छैन। तर, अत्यावश्यक सेवामा कार्यरत र उद्योगधन्दामा काम गर्ने श्रमिकलाई भने कर्फ्यूको समयमा पनि हिडडुल गर्न दिइने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
नागरिकले भने कर्फ्यूको विरोध गरेका छन्। शुक्रबार रातिबाट भारतको अहमदाबादमा पनि कर्फ्यू लगाइएको थियो। एजेन्सी
Facebook Comments


























