मुम्बई, मंसिर ५ । दक्षिण भारतीय फिल्म स्टार प्रभास अभिनित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति तय गरिएको छ। प्रभासको मेगा बजेट यो फिल्म सन् २०२२ मा रिलिज हुने भएको छ। प्रभासले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन्। प्रभासले फिल्मको टाइटल पोस्टर इन्स्टाग्राममा पोस्ट गर्दै फिल्म हलमा आदिपुरुष सन् २०२२ को अगस्त ११ मा रिलिज हुने बताएका हुन्।
फिल्ममा प्रभासको शीर्ष भूमिका रहनेछ। उनले फिल्ममा आदिपुरुषको भूमिका निभाउनेछन्। रामायणको कहानीमा प्रेरित यो फिल्ममा सैफ अली खानलाई लंकेशको भूमिकामा देख्न सकिनेछ। भुषण कुमारको निर्माण र ओम राउतको निर्देशनमा बन्ने यो फिल्म हिन्दीसहित ५ भाषामा रिलिज हुनेछ।
Facebook Comments


























