काठमाडौं, मंसिर ५ । रेलमार्ग सहकार्य सम्बन्धी नेपाल भारत संयुक्त कार्यदलको चौथो बैठकमा सीमापार रेलमार्ग परियोजनाको समीक्षा भएको छ। बैठकमा जयनगर बिजलापुर बर्दिवास र जोगबनी विराटनगरको बीचमा अघि बढिरहेको रेलमार्ग परियोजनाका विषयमा पनि छलफल भएको थियो।
त्यस्तै यात्रुबहाक रेल सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर रेलमार्गको प्राविधिक तयारीबारे कुराकानी भएको थियो।
भिडियो कन्फरेन्समार्फत भएको बैठकमा भारत सरकारको तर्फबाट रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देश डा.मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए। भारतीय टोलीमा भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय दूतावास, कोंकण रेलवे तथा आईसीओएनका वरिष्ठ अधिकारीहरुको सहभागिता थियो।
नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेल्वे कम्पनीका महाप्रवबन्धकलगायत गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सहभागिगता थियो।


























