काठमाडौं, मंसिर ५ । कोरोना भाइरसको संक्रमणबाट होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ। ओम अस्पतालमा उपचाररत ७० वर्षीय शाक्यको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
शाक्यलाई दशैँपछि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मृगौलाको समस्याबाट पीडित थिए भने निमोनियासमेत भएको थियो।
Facebook Comments


























