काठमाडौं, मंसिर ४ । पत्रकार गोकर्ण गौतमको आज निधन भएको छ। टाउकोको नसा सम्बन्धि रोगको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीमा भर्ना गरिएका उनको आज मृत्यु भएको हो। २९ वर्षिय गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए।
टाउकोको नसा सुनिएपछि उनको न्यूरो अस्पताल बाँसबारीमा शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल हुन नसकेपछि गौतमको निधन भएको हो।मकवानपुरका स्थायी बासिन्दा उनी काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका थिए। उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए।
Facebook Comments


























