काठमाडौं, मंसिर ४ । नेपाल राष्ट्र बैंकले २८ दिनका लागि रु.३० अर्ब रुपैयाँ बैंकको निक्षेप राख्ने भएको छ। राष्ट्र बैंकले बाणिज्य, बिकास र वित्त कम्पनीमा सो रकम निक्षेपमा राख्न लागेको हो।
यसका लागि राष्ट्र बैंकले आज बिहीबार बोलकबोल गर्दैछ। आज दिउँसो २ बजे बोलकबोल गरेर बैंकहरुलाई निक्षेप रकम प्रदान गरिने राष्ट्र बैंकको भनाइ छ।
राष्ट्र बैंककाअनुसार बोलकबोल मार्फत नै व्याज भुक्तानी गरिने छ। बोलकबोल गर्दा बैंकहरुले न्यूनतम ५ करोड रुपैयाँ रकम माग गर्नुपर्ने छ। बढीमा भने ५ करोडले निशेष रुपमा भाग जाने रकममा आवेदन दिन सकिने राष्ट्र बैंकको भनाइ छ।
Facebook Comments


























