काठमाडौं, मंसिर ३ । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको बताएको छ। ११.११ सुरू भएको पहिलो घण्टाभित्र दराजले २.५२ करोडको बिक्री दर्ता गरेको जानकारी दिएको छ। कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार यो गत वर्षको भन्दा ६० प्रतिशत बढी हो।
अभियान दौरान दराजमा ५।२ लाख प्रयोगकर्ताहरूको उपस्थिति रहेको र ७ हजारभन्दा बढी विक्रेताहरूले २८ विभिन्न शहरहरूमा व्यापार गर्न सफल भए। वालेट र कार्ड मार्फत गरिने अनलाइन पेमेन्टमा पनि गत वर्षभन्दा बढेको जानकारी दिँदै दराजले पुरा बिक्रीमध्ये ४५ प्रतिशत वालेट र कार्डबाट भएको उल्लेख गरेको छ।
कम्पनीका अनुसार यसपालीको ११.११ मा गत वर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको देखियो। अभियानको उल्लेखनीय हाइलाइटहरूमध्ये पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै बिक्री भइसकेहको थियो। मुलुकको चुनौतीपूर्ण अवस्थाको बाबजुद पनि नेपालमा सफलतापूर्वक ११.११ तेस्रो पटक आयोजना गर्न सकेको कम्पनीले खुसी व्यक्त गरेको छ।


























