काठमाडौं, मंसिर ३ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल लगायत सबै एकदिवसीय मान्यता प्राप्त एसोसियट राष्ट्रको एक दिवसीय मान्यतालाई १ वर्ष थप गरेको छ। कोराना माहामारीका कारण आइसीसीले एक दिवसीय मान्यतालाई १ वर्ष थप गरेको हो।
अब नेपालको एक दिवसीय मान्यता सन् २०२३ को मार्च सम्म रहनेछ। नेपाल क्रिकेट संघ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले आज बसिरहेको क्यानको भर्चुअल वार्षिक साधारण सभामा बोल्दै यसको जनकारी गराएका हुन्।
आइसिसीले नेपालको एकदिवसीय मान्यता १ वर्ष थप गरेको छ चन्दले भने , कोरोना माहामरीका कारण १ वर्ष खेर गएको भन्दै आइसिसीले सन् २०२३ को मार्चसम्मका लागि सबै एसोसियट राष्ट्रहरुको एक दिवसीय मान्यता बढाएको हो।’
नेपालले सन् २०१८ मा जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट ४ वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो। नेपालको एक दिवसीय मान्यता सन् २०२२ मा सकिदै थियो।
नेपालले हालसम्म १० अन्तर्राष्टिय एक दिवसीय खेल खेल्दा समान ५ जित र ५ हारको नतिजा निकालेको छ। नेपालले पहिलो अन्तिर्राष्ट्रिय एक दिवसीय खेल सन् २०१८ अगस्ट १ मा नेदरल्यान्डसँग भिआरए क्रिकेट मैदानमा खेलेको थियो। पछिल्लो खेल गतवर्ष फे्रबुवरी १२ मा त्रिवि क्रिकेट मैदानमा अमेरिकासँग खेलेको थियो।


























