दाङ र्मसिर ३ । दाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बगंलाचुली गाउँपालिका २, टाकुरे बस्ने ३९ वर्षीय टोपबहादुर घर्ती छन्।
उनको साथबाट एकथान भरुवा बन्दुक बरामद भएको छ। टोपबहादुरले कालिज मार्ने क्रममा भरूवा बन्दुक पड्किँदा सोही ठाउँका ४१ वर्षीय भोजबहादुर घर्तीलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उक्त हतियारसहित उनलाई पक्राउ गरेको हो।
Facebook Comments


























