मंसिर ३ । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुविरूद्ध सहज जित हात पारेको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले पराजित गरेको हो।
पेरुको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज र लाउटरो मार्टिनेजले एक एक गोल गरे। खेलको १७औँ मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। २८औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए। जितसँगै अर्जेन्टिनाले ४ खेलमा १० अंक जोड्दै छनोटको दोस्रो स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























