तनहुँ, मंसिर ३ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य पाँच घाइते भएका छन्।पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रोबस मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खसेको हो।
दुर्घटनामा पोखरा महानगरपालिका तल्लो गगनगौँडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए। उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन्। रासस
Facebook Comments


























