मंसिर १ । सोमबारबाट देशभरका विभिन्न ठाउँमा चिसो निकै बढेको छ। सोमबार विहानदेखि आएको मौसममा बदलीका कारण चिसो बढेको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ।
नेपालमा सोमबार सबैभन्दा कम जुम्लाको तापक्रम १ दशमलव शून्य डिग्री र विराटनगरमा ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ।
पश्चिमी वायुको प्रभावले अबका तीन दिन देशका अधिकांश स्थानमा हल्का वर्षा हुनसक्ने पनि बताइएको छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
Facebook Comments


























