मंसिर १ । जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार राजभवनमा सातौ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन्। राष्ट्रिय जनतान्त्रिक गठबन्धन ९एनडीए०को आइतबार बसेको बैठकले नीतीशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै उनी सातौंपटक विहारको मुख्यमन्त्रीको बन्ने बाटो खुला भएको थियो।
नीतीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन्। यस्तै रेणु् देवीले पनि मन्त्रीको सपथ लिएकी छन्। हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ। दुबै मन्त्री नीतीशकुमार निकट मानिन्छन्।
उनको सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ। यसैबीच सपथग्रहण समारोहमा राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादव सहभागी नभएको समाचारमा जनाइएको छ।


























