मंसिर १ । अष्ट्रेलियाका टेस्ट कप्तान टिम पेनले होबर्ट हुरिकान्सबाट बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। होबर्टले सोमबार अन्तिम घरेलु खेलाडीको रुपमा पेनलाई अनुबन्धित गरिएको जनाएको छ। विकेट किपर ब्याट्सम्यान पेनले तीन वर्षपछि पुनस् होबर्टबाट खेल्न लागेका हुन्।
३५ वर्षीय ब्याट्सम्यानले सन् २०१२ देखि २०१७ को सिजनसम्म होबर्टबाट खेलेका थिए। नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ।होबर्टले उद्घाटन खेलमा साविक विजेता सिड्नी सिक्सर्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। एजेन्सी
Facebook Comments


























