काठमाडौँ, मंसिर १ । यमपञ्चकको आज पाँचौँ दिन आज भाइटीका। भाइटीका लगाउँदा कुन दिशा फर्केर लगाउने भन्नेजस्ता नियमहरू पनि पालना गर्नु पर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने छ।
यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ। शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ। यो वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको छ। यसदिन साइत नै कुर्न नपर्ने भएपनिराज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।
Facebook Comments

























