आज २०७७ मंसिर १ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ।
तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ:
मेष
शरीर भारि र मन अस्थिर हुनेछ। प्रेमी- प्रेमिकाकाबीच मनमुटाब हुन सक्नेछ। छोटो यात्रा हुनेछ। आम्दानीभन्दा बढी भइरहेको खर्च अझै बढ्नेछ। दिनको उत्तरार्धबाट भने आकस्मिक धन प्राप्तीको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ।
बृष
भाग्योदयको योग छ। घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। लामो समयदेखि रोकिएका कामहरू कामहरू पूरा हुनेछन्। आर्थिक लाभ प्राप्त होला। नोकरी पदोन्नती र ब्यवसायमा सफलता हुनेछ।
मिथुन
आजको दिन शुभ रहनेछ। कतै लामो दूरीको लाभदायी यात्रा पनि हुन सक्छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। विपरित लिंगिबाट विशेष सहयोग मिल्नेछ। साथीभाई र आफन्तसँग भेटघाट हुनेछ। मिष्ठान्न भोजन मिल्नेछ।
कर्कट
धर्म कर्मतिर मन जानेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। सानो प्रयासले नै काम बन्नेछ। ठूला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन्। अतिथिको रूपमा सत्कार पाइनेछ। विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। दाजुभाईसँग मनमुटाब हुन सक्छ। बोलिविपरितको अर्थ लाग्न सक्ने भएकाले सोचबिचार गर्नुहोला। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। शैक्षिक क्षेत्र सफल रहनेछ।
सिंह
नयाँ कामको सुरूवात हुन सक्ने योग छ। आर्थिक पक्ष सुदृढ बन्नेछ। आफन्तको धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। घर ,जग्गा खरिद बिक्रिको योग छ। शैक्षिक क्षेत्र सुधार हुनेछ। प्रेम सम्बन्ध सफल बन्नेछ। अनावश्यक मुद्दा मामिला पनि आइलाग्न सक्छ।
कन्या
विशिष्ठ र विशेष व्यक्तिको सहयोग रहनेछ। खासगरी विपरीत लिंगीको सहयोग बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। नयाँ ठाउँमा घुम्ने योजना बन्न सक्छ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। अचल सम्पत्ती हात पर्न सक्छ । वैदेशिक क्षेत्र सफल रहनेछ।
तुला
सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन भने धेरै नै संघर्ष गर्नुपर्ने देखिन्छ। नयाँ योजना गोप्य राख्नु होला नत्र नजिककै व्यक्तिबाट धोका हुन सक्छ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ। शैक्षिक क्षेत्र र प्रेम सम्बन्ध सफल रहन्छ।
बृश्चिक
सुविचारले प्रेरित हुइनेछ। साधु सन्त तथा महात्माको आशिर्वाद प्राप्त हुनेछ। अनुहारमा कान्ती र मनमा शान्ति छाउला। बोलीको भरमा कार्य सम्पादन हुनेछ। जोश–जाँगर र हिम्मत बढ्ने छ। शरीरमा स्फूर्ति बढ्नेछ। ठीक समयमा ठीक निर्णय लिन सकिनेछ। शत्रु पराजित हुनेछन्।
धनु
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। कसैसंग सामान्य विवाद पनि हुन सक्छ। यात्रामा साबधानी अपनाउनु होला। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ पाइनेछ।
मकर
परिवारमा सुख सन्तोष छाउला। कार्य सिद्धीको योग छ। शैक्षिक क्षेत्र र प्रेम सम्बन्ध राम्रो रहनेछ। सन्तान प्राप्तीको योग छ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलश्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ।
कुम्भ
धार्मिक यात्रामा रूची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। विपक्षीहरूले रिस गरे पनि बिगार गर्न सक्ने छैनन्। मानसम्मान, ख्याती एवं प्रतिष्ठामा बृद्धि हुनेछ। आफ्नो कामविशेषले यात्रा हुन सक्छ।
मीन
स्वास्थ्यमा समस्या देखिन सक्छ। दुख:कष्ट र सत्रु पक्ष हावी हुन सक्छन्। चोटपटकको भय पनि छ। घरपरिवार र आफन्तको सहयोग भने कायमै रहनेछ। खर्च बढे पनि आम्दानीले थेग्न सकिनेछ। शैक्षिक क्षेत्र र प्रेम सम्बन्ध मध्यम रहनेछ।
























