रुपन्देही, कार्तिक ३० । रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेर बहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरलाई चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ। वडा प्रहरीका बुटवलका प्रहरी निरीक्षक गोविन्द रेग्मीले मदिरा सेवन गरेका बुवाले घरायसी विवादमा छोरालाई चक्कु प्रहरी गरी हत्या गरेको जानकारी दिए।
चुक्कु प्रहारबाट बायाँ खुटाको तिग्रामा चोट लागेका पदमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए। चक्कु प्रहार गर्ने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।
Facebook Comments


























