काठमाडौं, कार्तिक ३० । हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन्। गजुरेल ११ दिन अस्पताल बसेर पिसिआर परिक्षण निगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। गजुरेलको स्वास्थ्यमा समस्या भएपछि उनलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसीयुमा भर्ना गरेर उपचार गरिएको थियो।
अस्पतालबाट डिस्चार्ज भएपछि गजुरेलले भनेका छन् , ‘धन्यवाद तथा आभार! ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु। कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्। केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु। यस क्रमममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमनदेखी नै धन्यवाद ! सकेसम्म यो महमारीबाट आफू जोगिऔ। अरुलाई पनि जोगाऔँ। दिपावलीको सबैलाई शुभकामना।’
गजुरेललाई कार्तिक ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनले आफ्ना दाजुलाई अस्पताल लाने ल्याउने गरेको बताएउदै सोहि क्रममा कोरोना संक्रमण भएको हुनसक्ने बताएका छन्।


























