जनकपुरधाम, कार्तिक २९ । जनकपुरधाम उपमहानगरपालिका २३ रुपैठाकी एक महिलामाथि एसिड प्रहार भएको छ। आज बिहान भएको एसिड प्रहार उनको माइती जनपुरधाम उपमहानगरपालिका ७ मा भएको हो। २६ वर्षकी युवती आरती साहमाथि एक युवाले एसिड प्रहार गरेका हुन्। एसिड प्रहार गर्ने युवा फरार छन्।
आरतीलाई उपचारका लागि आफन्तले जनकपुरस्थित जानकी हेल्थकेयर लगेका छन्। प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ।
Facebook Comments


























